News Griha :: न्यूजगृह
कांग्रेस सांसद भण्डारी आज नेपाल फर्कंदै

काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कंदैछन् ।

गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भण्डारी भारतमा झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन् । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन् ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएका भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । पछिल्लो समय उनी बोल्न र हिँड्न सक्ने भएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०७:०७
Weather Update