गैँडा चोरी शिकारी मुद्दाका फरार ३४ प्रतिवादी पक्राउ

चितवन— चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी शिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ।
एक वर्षमा चोरी शिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो।
निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी शिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो। यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो।
निकुञ्जका अनुसार सालकको चोरी शिकारी गर्ने ६ जनालाई पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १३:३४













