News Griha :: न्यूजगृह
पाँच हजार नाघे डेङ्गु सङ्क्रमित, हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण

काठमाडौं— देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ।

तीन जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए। डेङ्गु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ। 

कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

वर्षाको वेला सङ्कलन गरेर राखिएको पानीमा लामखुट्टे रहने र त्यसले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:०६
Weather Update