News Griha :: न्यूजगृह
के विद्युतीय गाडी किन्ने सोचमा हुनुहुन्छ?, यस्ता छन् बीवाईडी ‘एट्टो ३’ का विशेषता
तस्बिर: साइमेक्स इंक।

काठमाडौं— नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी ‘एट्टो ३’ औपचारिक रुपमा सार्वजनिक गरेको छ।

नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी ‘एट्टो ३’ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ।

नेपाल भित्रिएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिटभन्दा बढी बीवाईडी ‘एट्टो ३’ नेपाली सडकमा गुडिरहेका छन्।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी ‘एट्टो ३’ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएका छन्। हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको छ।

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लू कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ। यसको एक्सटेरियरमा पनि महत्त्वपूर्ण सुधार गरिएको छ।

रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले 'बिल्ड योर ड्रिम' ब्याज रहेकोमा अब भने स्लिक खालको बीवाईडी मात्र लेखिएको छ।

डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्न सहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ। यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको छ।

बीवाईडी ‘एट्टो ३’ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ। पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ।

सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ।

बीवाईडी ‘एट्टो ३’ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्त्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो।

सो अत्याधुनिक एपले गाडीधनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ। बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको बारेमा थाहा पाउन सकिन्छ।

त्यसैगरी, टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ। बीवाईडी ‘एट्टो ३’ नवप्रवर्तनको पहिचान मात्र नभई दिगो यातायात समाधान समेत हो।

बिवाइडिको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा सञ्चालित बीवाईडी ‘एट्टो ३’ मा इको–फ्रेन्ड्ली डिजाइन सहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण छ।

यसको डिआइलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ र यसका कारण एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरूका लागि रुचिकर बनेको छ। 

बीवाईडी ‘एट्टो ३’ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ।

एड्भान्स्डमा ४९.९२  किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रूपैयाँ तोकिएको छ। त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

दुवैमा १०० किलोवाटको मोटर रहेको छ। बीवाईडी ‘एट्टो ३’ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ।

नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार रुपमा नेतृत्व प्रदान गरिरहेको छ।

बीवाईडी ‘एट्टो ३’ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्ड समेत स्थापित गरेको छ।

मंगलबारदेखि भृकुटीमण्डपमा जारी नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी नाडा अटो सो– २०२४ पनि बीवाईडी ‘एट्टो ३’ उपलब्ध छ।

नाडा प्रदर्शनीको मुख्य आकर्षक पनि हो इलेक्ट्रिक कार बीवाईडी ‘एट्टो ३’।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:२५
Weather Update