एक सातामै तोडियो रेकर्ड
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं— सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम् मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो। अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १८ सय ५० रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १०:४६