काठमाडौंको शङ्खमूलमा एक जनाको हत्या

काठमाडौं— काठमाडौंको शङ्खमूल एक जनाको हत्या भएको छ। ४० वर्षीय रूपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ।
आइतबार राति शङ्खमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ ०९:००












