News Griha :: न्यूजगृह
४ करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं— १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन्। उनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ३ मा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो।

इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए। उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकाले बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा ब्युरोको टोलीले बरामद गरेको हो।

बरामद कोकिनको  बजार मूल्य ३ करोड ८० लाख बराबर पर्न आउने ब्युरोले जनाएको छ। 

 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:०८
Weather Update