श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

झापा— झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एकजनालाई पक्राउ गरिएको छ।
सामान्य घरायसी विवादमा मङ्गलबार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा श्रीमान् ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।
घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए। अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ ०७:२०












