कटुवा पेस्तोलसहित झापाबाट एक जना पक्राउ

काठमाडौं— झापाबाट प्रहरीले एक जनालाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।
मंगलबार बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिँदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए।
कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो। उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ ०७:१५













