सुनसरीमा एक व्यक्तिको वीभत्स हत्या, टाउको र शरीर अलगअलग ठाउँमा भेटियो

सुनसरी— सुनसरीमा एक व्यक्तिको वीभत्स हत्या भएको छ। गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या भएको हो।
ऋषिदेवको शव सोमबार बिहान गढी गाउँपालिका– २ थलाहामा टाउको काटेर हत्या गरेको अवस्थामा भेटिएको थियो। उनको घाँटीदेखि मुनिको भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीले सुरुमा घाँटीमुनिको भाग मात्र भेटेको थियो। खोजी गर्दै गएपछि घाँटीमुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तरपश्चिममा गढी २ गुजाइटोकीमा टाउको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।
ऋषिदेव रिङ बनाउने काम गर्ने गर्थे। उनको शव पनि रिङ बनाउने ठाउँमै भेटिएको हो।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १०:२५













