News Griha :: न्यूजगृह
घरमै बसेर यसरी घटाउनुस् मोटोपना

काठमाडाै‌ं— तौल बढ्नु एक समस्या बनिरहेको हुन्छ । खासगरी, गृहिणी महिला आफ्नो बढेको तौलका कारण हैरान भइरहेका हुन्छन् । किनकि कामकाजी महिला आफ्नो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन् तर, गृहिणी महिला घरायसी काममा व्यस्त रहनु पर्ने भएकाले आफ्नो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुँदैनन् । 

उनीहरू तौल सन्तुलनका लागि समय पाउँदैनन् र मोटो शरीर लिएर बसिरहेका हुन्छन्  । उनीहरूलाई समय भए त जिम सेन्टर गएर आफ्नो शरीरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरू असन्तुलित शरीर लिएर बसिरहेका हुन्छन् ।

तर, यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईंलाई केही टिप्स बताउने छौं, जसले तपाईंको शरीरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्दत गर्नेछ । 

यसरी घटाउनुहोस् मोटोपना

यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ।

तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो । हामी यो मान्दैछौं कि घरको कामले तपाईंलाई फुर्सद हुँदैन तर पनि बिहान वा साँझ जुनसुकै समय मिल्छ, त्यो बेला बिस्तारै हिँड्न सुरु गर्नुहोस् । बिस्तारै बिस्तारै हिँडाइको गतिलाई क्रमशः अघि बढाउनुहोस् र समयलाई पनि बढाउनुहोस् । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ । 

यो होइन कि जुन सुकै काम र हिँडाई तीव्र गतिमा गर्नुपर्छ तर आफ्नो क्षमता अनुसार हिँडाइको गतिलाई अघि बढाउनुहोस् । मोटोपना घटाउने भन्दैमा जर्बजस्ती र तीव्र गतिले नहिँड्नुहोस् र न दौडनुहोस् । 

यसका साथै खानपिनबाट बच्ने काम गर्नुहोस् । जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस् । अस्वास्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस् । 

जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस् । बाहिरका सबै खानेकुराहरूलाई बन्देज गराउनुहोस् । हाइड्रेट रहनुहोस् र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरू खानुहोस् । साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरू खानुहोस् । 

र, तपाई एक दिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस् । यसका लागि तपाईंलाई स्मार्ट वाचको आवश्यकता पर्न जान्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १०:३६
Weather Update