News Griha :: न्यूजगृह
गौरमा धारिलो हतियार प्रयोग गरि वृद्धको हत्या

काठमाडौं — रौतहटको गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ।

गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो।

महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।

महतोको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:३८
Weather Update