बन्चरो प्रहार गरि बुबाको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं— सिन्धुलीमा छोराले बन्चरो प्रहार गरि बुबाको हत्या गरेका छन्।
हरिहरपुरगढी गाउँपालिका ७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लालबहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै मृत्यु भएको थियो।
प्रहरी चौकी क्यानेश्वरको टोली अमृतलाई बन्चरोसहित नियन्त्रणमा लिइएको छ।
मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ ०९:१५