सुर्खेतमा पेस्तोल बोकेर हिँडिरहेका १७ र १८ वर्षका युवक पक्राउ

सुर्खेत — सुर्खेतको चौकुनेमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ बस्ने १७ वर्षका अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भीमबहादुर थापा रहेका छन्।
पेस्तोल बोकेर हिँडिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायब निरीक्षक नारायण बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ १०:०६













