News Griha :: न्यूजगृह
नागढुङ्गाबाट तीन केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं— चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीताप्रसाद ढुङ्गाना छन्।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०९:५२
Weather Update