News Griha :: न्यूजगृह
शेयर बजार १०८ अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं— अघिल्लो दिन १४५ अंक घटेको शेयर बजार बुधबार नै १०८ अंक बढेको छ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ।

कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो। २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो। सबै क्षेत्रका सूचक बढेका छन्।

अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे।

बैंकिङ २.३, विकास बैंक ४.५, फाइनान्स ७.६, होटल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बीमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बीमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:३४
Weather Update