News Griha :: न्यूजगृह
थपिए १०३ जना कोरोना संक्रमित

काठमाडौं— नेपालमा शुक्रबार १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । देशभरका विभिन्न अस्पतालबाट ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

५४ हजार ३१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमित ३७५ जना छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:३७
Weather Update