शेयर बजार
प्रि–ओपन सेसनबाटै ओरालो लाग्यो नेप्से
काठमाडौं— प्रि–ओपन सेसनबाटै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ।
बुधबार शेयर बजारको कारोबार खुल्नुअघि प्रि–ओपन सेसनमै नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ को बिन्दुमा झरेको हो।
प्रि–ओपन सेसनमा ५६ हजार ६३६ कित्ता शेयरको खरिद बिक्री हुँदा २ करोड १२ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन मंगलबार मात्रै नेप्से परिसूचक १४५ अंकले घटेको थियो भने हालसम्मकै उच्च २३ अर्बको कारोबार भएको थियो।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ११:२१