दोस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ।
मंगलबार पनि सुनको मूल्य घटेको थियो। महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो।
जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ।
यसैबीच बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ थियो।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १०:४६