News Griha :: न्यूजगृह
अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो, अन्य विदेशी मुद्राको मूल्य के भयो? 

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य घटेको छ। पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही मुद्रा आज सस्तिएका छन्।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। 

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा थियो। त्यसैगरी आज युरो पनि महँगिएको छ।

आजको लागि युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८६ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ११ र बिक्रीदर ३५६ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६७ र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा थियो। 

CurrencyUnitBuySell

usd (U.S. Dollar)

1133.86134.46

eur (European Euro)

1146.56147.21

gbp (UK Pound Sterling)

1170.62171.39

chf (Swiss Franc)

1157.55158.25

aud (Australian Dollar)

186.3186.70

cad (Canadian Dollar)

196.5596.98

sgd (Singapore Dollar)

1101.32101.77

jpy (Japanese Yen)

109.379.42

cny (Chinese Yuan)

118.7818.86

sar (Saudi Arabian Riyal)

135.6635.82

qar (Qatari Riyal)

136.7036.87

thb (Thai Baht)

13.793.81

aed (UAE Dirham)

136.4436.61

myr (Malaysian Ringgit)

130.2530.39

krw (South Korean Won)

1009.819.85

sek (Swedish Kroner)

112.6612.71

dkk (Danish Kroner)

119.6419.73

hkd (Hong Kong Dollar)

117.2017.28

kwd (Kuwaity Dinar)

1438.35440.32

bhd (Bahrain Dinar)

1355.11356.71

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:०१
Weather Update