शेयर मूल्य कृत्रिम रुपमा बढाइयो, निगरानी होस्- सांसद अमरेशकुमार सिंह
काठमाडौं— सांसद अमरेशकुमार सिंहले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको आरोप लगाएका छन्।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
संसद् बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरूमथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन्।
उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तीन–चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १५:०५