News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको युरोप भ्रमणः साढे २ करोड खर्च

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।

राष्ट्रपति पौडेल जेठ २९, २०८१ मा स्विट्जरल्याण्ड प्रस्थान गरेका थिए। उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन्।

उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए। यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको शपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि भएका थिए। 

जेठ २७, २०८१ मा प्रचण्ड नेतृत्वको टोली मोदीको शपथ ग्रहण समारोहमा भाग लिन दिल्ली गएको थियो।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई २० लाख ४० हजार रुपैयाँ खर्च भुक्तानी गर्ने प्रयोजनका लागि अख्तियारी प्रदान गरेको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:५५
Weather Update