News Griha :: न्यूजगृह
बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

झापा— १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ का २० वर्षीय सञ्जय राजवंशी छन्।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

राजवंशीले ती बालिकालाई मङ्गलबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:१५
Weather Update