News Griha :: न्यूजगृह
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

अर्घाखाँची— १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवरलाई बुधबार साँझ पक्राउ गरेको छ।

कुँवरले ती किशोरीलाई सोही नगरपालिका ६ स्थित जङ्गलमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। 

उनीविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:४६
Weather Update