नेप्से परिसूचक ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार
काठमाडौं— साताको कारोबारको अन्तिम दिन शेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ।
नेपाल स्टक एक्सजेन्जका अनुसार बिहीबार नेप्से २ हजार ७५५.६२ को बिन्दु कायम हुँदा ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको शेयर किनबेच भएको छ।
आज नेप्से घटेपनि ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। हाइड्रो इलेक्ट्रिक इनभेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसहितका ५ कम्पनीको शेयर १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार हुँदा ७ वटा उपसूचक राताम्मे भए। यस्तै ६ वटा उपसूचक भने धनात्मक बन्यो।
अघिल्लो दिन अर्थात बुधबार ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको थियो।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १५:२१