शेयर बजार २७ सय नजिक पुग्यो
काठमाडौं— मङ्गलबार शेयर बजार २७ सय अंक नजिक पुगेको छ। अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ।
आज कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो। १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो।
त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढे। बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १५:५७