नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौं— नेप्सेमा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ।
आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो।
मौद्रिक नीतिपछि भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १०२.६८ अंकले बढेर २० मिनेटका लागि कारोबार बन्द भएको छ।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ ११:३१













