काठमाडौं— नेप्से परिसूचक ३२ अङ्कले बढेको छ। बिहीबार नेप्से ३२ अङ्कले बढेर २५ सय ६८.११ को विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ।
आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर एक लाख ५९ हजार ७५७ पटक खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ बराबरको कारोबार भएको छ।
आज उपकार लघु वित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन लघुवित्त र एसियन हाइड्रोको शेयर मूल्यमा ९.९९ प्रतिशतले बढेको छ।
त्यस्तै आज सबैभन्दा बढी मितेरी विकास बैङ्कको शेयर मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको ३४ करोड १७ लाख ७९ हजार ९७२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर ३० म्युचुअलफन्डको ११ लाख ४६ हजार ७५० कित्ता शेयर किनबेच भएको छ।