News Griha :: न्यूजगृह
२९ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो सूचना

काठमाडौं— प्रहरी प्रधान कार्यालयले  सम्पर्कविहीन २९ प्रहरी कर्मचारीलाई एकसाता भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ। 

222

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०८:३३
Weather Update