News Griha :: न्यूजगृह
हेटौँडामा श्रीमान्–श्रीमती नै मृत भेटिए 

काठमाडौं— मकवानपुरको हेटौँडामा श्रीमान्–श्रीमती नै मृत अवस्थामा भेटिएका छन्। 

बुधबार साँझ दुवैलाई हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

यस्तै श्रीमान् केशवको शव चाहिँ झुण्डिएको अवस्थामा फेला परेको हो। अहिले घटनाको अनुसन्धान भइरहेको शाहले जानकारी दिए।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २०:५७
Weather Update