News Griha :: न्यूजगृह
अमेरिकी डलर फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।

दुई दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर हिजो केही घटेको थियो। आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा थियो।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.61134.21

EUR (European Euro)

1145.19145.84

GBP (UK Pound Sterling)

1172.48173.25

CHF (Swiss Franc)

1149.93150.60

AUD (Australian Dollar)

188.5188.91

CAD (Canadian Dollar)

197.1297.56

SGD (Singapore Dollar)

199.3199.75

JPY (Japanese Yen)

108.568.60

CNY (Chinese Yuan)

118.3718.45

SAR (Saudi Arabian Riyal)

135.6235.78

QAR (Qatari Riyal)

136.6436.80

THB (Thai Baht)

13.693.71

AED (UAE Dirham)

136.3836.54

MYR (Malaysian Ringgit)

128.6028.73

KRW (South Korean Won)

1009.649.68

SEK (Swedish Kroner)

112.4512.50

DKK (Danish Kroner)

119.4619.55

HKD (Hong Kong Dollar)

117.1117.19

KWD (Kuwaity Dinar)

1437.03439.00

BHD (Bahrain Dinar)

1354.46356.06

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०७:४०
Weather Update