News Griha :: न्यूजगृह
शेयर बजार २८ महिना यताकै उच्च विन्दुमा

काठमाडौं— मङ्गलबार ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ। यो अंक २०७८ चैत १६ यताकै उच्च हो।

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ।

अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो। २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो। सबै क्षेत्रका सूचकहरू बढेका छन्।

बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे। होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुगेको छ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढ्यो। 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:२३
Weather Update