News Griha :: न्यूजगृह
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी

काठमाडौं— पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको अनुसन्धानका लागि सीआईबीले टोली घटनास्थल पठाएको हो।

सीआईबीका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले इन्सपेक्टरको कमान्डमा दुई जनाको टोली सर्लाही पठाइएको बताए।

अहिले यो घटनालाई तीन वटा युनिटले अनुसन्धान सुरु गरेका छन्। जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेशको टोली र सीआईबीको टोलीबाट घटनाको अनुसन्धान भइरहेको छ।

तालिम प्राप्त कुकुरको सहायताले यसअघि हत्यामा प्रयोग भएको हतियार बरामद गर्नुबाहेक प्रहरीले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन।

रायको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भूमि व्यवस्था राज्यमन्त्री भएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:५९
Weather Update