काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
आइतबार प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।