गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र अस्पताल भर्ना

काठमाडौं— गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अस्पताल भर्ना भएका छन् ।
पोखरेललाई स्वास फेर्न असहज भएपछि परीक्षण गराउँदा निमोनिया र फोक्सोमा पानी जमेको देखिएको भन्दै चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।
चिकित्सकको सुझावअनुसार पोखरेल बुधबार काठमाडौंको ग्रान्डी अस्पताल भर्ना भएका हुन् ।
स्वास्थ्य परीक्षण गराउँदा उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार पाेखरेलकाे कम्तीमा ४/५ दिन अस्पतालमै उपचार गर्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०८:५२