News Griha :: न्यूजगृह
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

काठमाडौं— उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ।

भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग विभागले जनाएको छ। 

चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, गुडलाइफ बेभरेज प्रालि, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डष्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सनरी प्रालि, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि, शिव डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालि, केआरएस भेन्चर्स प्रालि र सुजल फुड्स प्रालि छन्।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:२५
Weather Update