News Griha :: न्यूजगृह
दाइको हत्या अभियोगमा भाइ पक्राउ

काठमाडौं— आफ्नै दाइको हत्या अभियोगमा भाई पक्राउ परेका छन्। 

म्याग्दीको धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धन बहादुर छन्त्यालको हत्या गरेको अभियोगमा उनकै भाइ ३९ वर्षीय सोम बहादुर छन्त्याललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

आफ्नै घरमा घरायसी विवाद भई एक आपसमा झैझगडा हुँदा सोम बहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको थियो। 

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:३२
Weather Update