News Griha :: न्यूजगृह
स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित सुन्धाराबाट एक जना पक्राउ 

काठमाडौं— प्रहरीले स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। 

आज अपरान्ह साढे १२ बजेको समयमा काठमाडौंको सुन्धारामा अवैध रुपमा शंकास्पद कारोबार भइरहेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो। 

सो क्रममा उनलाई नियन्त्रणमा लिइ खानतलासी गर्ने क्रममा उनको साथबाट ५ सय दरका ६ हजार थान र १ हजार दलका ८ सय थान रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

त्यस्तै उनको साथबाट एउटा स्कुटर र मोबाइल बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:०३
Weather Update