News Griha :: न्यूजगृह
रौतहटमा १८ वर्षीय युवकको हत्या

काठमाडौं— रौतहटमा एक युवकको हत्या भएको छ। इशनाथ नगरपालिका–९ लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आलमको शव इशनाथ नगरपालिका–२ औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आँप बगैँचामा फेला परेको हो। 

किशोरको हत्या कसले र किन गर्यो खुलेको छैन। अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

किशोरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:४३
Weather Update