दोस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं— नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन चार सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला नौ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मङ्गलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलबार प्रतितोला १८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ ११:२८