News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बुबाको सपना पूरा गर्न छाेराले सुरु गरे कृषि मार्ट

धनगढी— धनगढीका उज्वल बुर्लाकोटीले ५ करोड लागतमा नेपालमै पहिलो आधुनिक कृषि मार्ट सञ्चालनमा ल्याएका छन् । बुर्लाकोटीले बुबाको सपना पूरा गर्न एस बि कृषि मार्ट सञ्चालनमा ल्याएका हुन् ।

धनगढीमा ३५ वर्षदेखि कृषि तथा अग्रोभेट सञ्चालन गर्दै आएका उनका बुबा विदेश गइरहन्थे । विदेशमा देखेको आधुनिक मार्ट स्वदेशमा खोल्ने बुबाकाे रहरपछि कृषि मार्ट सुरु गरिएकाे उज्वल बताउँछन् ।

‘बुबा विदेश गएको बेला त्यहाँ विभिन्न मार्ट देख्नुभएको रहेछ । नेपालमा पनि उस्तै मार्ट खोल्ने रहर उहाँलाई लागेछ । घरपरिवारमा कुराकानी हुँदा उहाँले सबै भन्नुभयो । त्यसपछि मार्ट सञ्चालनमा ल्यायौं,’ उनले भने । अहिले उज्वलका बुबा विष्णु बुर्लाकोटीको संरक्षणमा आधुनिक कृषि मार्ट सञ्चालित छ ।

Prabhu Bank

mart1682470510.jpg

०००

उमेरले ३० वर्ष पनि नपुगेका उज्वल मार्टमा सबैको साथ र सहयोग पाउँदा खुसी छन् । लामो समय आफ्नै पसलमा सुपरभाइजर भएर काम गर्दा उनमा कम्युनिकेसन स्किल भएन । त्यसपछि उनले ३ वर्ष स्कुल पढाए । अहिले उनलाई सजिलो भएको छ ।

‘मानिसहरूलाई पब्लिक इन्टेर्यक्सन बढी मन पर्छ । म सुपरभाइजर भएर काम गरिरहँदा त्यसको कमी महसुस भयो । मेरो उद्देश्य बिजनेसलाई सर्कुलेट गर्नु थियो । त्यसैले कम्युनिकेसन स्किल बढाउन स्कुलमा पढाउन थालें,’ उज्वल भन्छन् ।

पढेका युवाको विकल्प विदेश हो भन्ने सोचलाई उनी चिर्न चाहन्छन् । भन्छन्, ‘पढाई सक्नेबित्तिकै विदेशिने युवालाई लक्षित गरी आधुनिक कृषि व्यावसायमा पनि सम्भावना छ र पढेर जानेका सीप यहिँ उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यले मार्ट सञ्चालन गरेका हौं ।’

रोजगारीका लागि विदेश जान लाग्ने रकम स्वदेशमै लगानी गरे व्यावसायी बन्न सकिने उनको सुझाव छ ।

achar1682470465.jpg

०००

सञ्चालक बुर्लाकोटीले विशेषगरी किसानलाई व्यावसायीकरण गराउँदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने बताए  । बिउ–बिजन, मलखाद तथा कृषि उपकरण, अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने, कृषि र भेटेनरीसम्बन्धी परामर्श दिने, लोप हुँदै गएका स्थानीय परिकारका खाना उपलब्ध गराउने लक्ष्य र योजनाका साथ मार्ट सञ्चालनमा ल्याइएको उनले बताए ।

मार्टमा डेरी तथा सुदूरपश्चिमका मौलिक र परम्परागत खाजा र खाना पाइने उनी बताउँछन् । उनकाे भनाइमा माणा, मासको बारा, मकै र कोदोको रोटी, सेल रोटी, ढिक्रीलगायतका परम्परागत सुदूरपश्चिमेली खाना र खाजाका परिकार पनि मार्टमा पाइन्छ ।

उनका अनुसार मार्टमा दही, चिउरा, खीर, फापरको रोटी, पहाडी अर्गानिक आलुको परिकार, केराको अचार र केराकफ मःम, टिमुरको अचार, पकौडा, सिन्कीको अचार, कुपिण्डो कफ मिठाई र ढिँडो पाइन्छ ।

hatetyactur1682470419.jpg

०००

मार्टमा तालिम तथा सेमिनार हलको सुविधासमेत छ । मार्टमा परम्परागत ज्ञान र प्रविधिसहितको कृषि संग्राहलय पनि राखिएको उनले बताए । देशभरका कृषि उपज पाइने पहिलो मार्ट भएको उनको दाबी छ ।

आफू कम्प्युटरको विद्यार्थी भएको बताउने उनले मार्टलाई आधुनिक तरिकाले अगाडि बढाउन चाहेकाे उज्वलले बताए । आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउन सीप र क्षमता भएका युवालाई उनले आग्रह गरेका छन् । आधुनिक कृषि प्रणालीमा चाहिने मेसिनरी औजार तथा उपकरण युवाले चासो दिएर उत्पादन गरे बजारीकरण गर्न आफ्नो कृषि मार्टले सहयोग गर्ने उनी बताउँछन् ।

agreeculture1682470583.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०६:४५
राजनीति
विशेष
Weather Update