News Griha :: न्यूजगृह
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह 

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ। 

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो।

पछिल्लो समय देशभर जङ्गली च्याउ खाएर बिरामी पर्नेदेखि ज्यानै जानेसम्मका घटना हुन थालेपछि मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको हो।  

जङ्गली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ।

वर्षा ऋतुको आगमनसँगै जंगली च्याउहरू उम्रिन थाल्छन्। जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:३२
Weather Update