News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादल पुत्र प्रतीकलाई आज अदालतमा पेस गरिँदै 

काठमाडौं —बौद्धबाट शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने भएको छ। 

हिजो शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको काठमाडौं प्रहरीले जनाएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनी अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा शुक्रबार पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए। तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो।

कार्यदलको प्रतिवेदनमै नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो। त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

भुटानी शरणार्थी प्रकरण: के थियो बादल पुत्रको भूमिका?

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:४१
Weather Update