News Griha :: न्यूजगृह
झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या, युवक पक्राउ

काठमाडौं— झापा प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ३५/४० वर्षका राजेश तामाङ छन्।

तामाङले शुक्रबार दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोप छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनलाई डिगाँउ नजिक खेतबारीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:२१
Weather Update