News Griha :: न्यूजगृह
भिख माग्ने बहानामा गहना लुटपाट, २ भारतीय महिला पक्राउ

काठमाडौं— भिख माग्ने बहानामा महिलाको गहना लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगर–३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ की ३५ वर्षीया महिलाको रिङ लुटपाट भएको हो। 

पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना दया रहेका छन्। पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएका थिए।

पीडितले लुटपाटबारे प्रहरीमा खबर गरेपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:५७
Weather Update