News Griha :: न्यूजगृह
झलनाथको सचिवालयले भन्यो– घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारी भइसकेको छैन

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले आसन्न महाधिवेशनमा महासचिव घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारीको खण्डन गरेको छ।

सम्मानित नेताको सचिवालयले विज्ञप्ति जारी गर्दै खनाल र भुसालका बीचमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशामा एकमत भएर जाने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति भएको बताएको छ।

‘...झलनाथ खनाल र पार्टीका महासचिव कमरेड घनश्याम भुसालबीच डल्लुमा भेटघाट भयो। भेटका क्रममा दुवै नेताहरूले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको छ। नेतृत्व निर्माण गर्ने सम्बन्धमा पनि समझदारी पूर्वक अगाडि बढ्ने सहमति भएको छ। अन्य विषयमा आगामी दिनमा थप छलफल गरी निर्णय गरिने पनि समझदारी बनेको छ,’ खनालको सचिवालयले भनेको छ।

सचिवालयले विभिन्न समाचार माध्यममा आए जस्तो छलफल र निर्णय भइनसकेको कुरा पनि उल्लेख गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०५:५१
Weather Update