भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

दार्चुला— दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको शनिबार मृत्यु भएको हो।
नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले स्थानीय मल्लासेली वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काएका थिए। सोहिक्रममा डडालको टाउकोमा गोली लागेको थियो।
डडालको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
स्थानीयका अनुसार डडालले सोही वनमा पासा थापिरहेका थिए। गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ २१:०८













