काठमाडौं— नेपाली बजारमा सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ। आज एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँ बढेसँगै सुनको भाउ रेकर्ड भाउ नजिक पुगेको हो।
आज छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउले जेठ २५ गते प्रतितोला १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। हिजो प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ रहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३६१ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ६१ पैसामा कारोबार भइरहेको छ।