रास्वपाको बैठक स्थगित

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्ने तयारी गरिएको थियो ।
तर निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले न्यूजगृहलाई जानकारी दिए ।
यो पनि पढ्नुहोस
उनले भने, ‘उपराष्ट्रपति निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै बैठक स्थगित गरिएको छ ।’
आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव,एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ ०९:०९














