रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।
उपराष्ट्रपति निर्वाचनका विषयमा निर्णय लिन रास्वपाले शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।
राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन सकेको छैन । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १२:२०













